अन्ततः मोदीसँग बदला लिएरै छाडे नेपालीहरुले !
काठमाडौं, २४ मंसिर । यसवर्षको टाइम पर्सनको ५० जनाको सूचीभित्र परेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लज्जास्पद हार भएको छ ।बुधबार सार्वजनिक नतिजामा मोदी अन्तिम ८ जनाको सूचीभित्र पर्न सकेनन् । विश्वभरका नागरिकको भोटबाट अमेरिकाको टाइम पत्रिकाले वर्षव्यक्ति छनोट गर्छ । टाइम पर्सनमा दोस्रो सूचीमा यसवर्ष पहिलोपटक मोदी पनि परेका थिए । धेरैले टाइम पर्सनको उपाधि मोदीले जित्ने आंकलन पनि गरेका थिए । तर, नेपालमा नाकाबन्दी, भारतमा असहिष्णूताको मुद्दाले अलोचित मोदी भोट नपाएर हारे ।
उनी अन्तिम आठभित्र पनि परेनन् । भोटिङ सिस्टम अनुसार अधिकांश नेपालीले उनलाई ‘नो’ भोट दिए । र नाकाबन्दीको बदला लिए । त्यसैंगरी भारतमा पनि असहिष्णूता बढाउन सरकारले प्रोत्साहन दिएको भन्दै आदिवासी, जनजाति र मुश्लीम समुदायले भोटै दिएनन् । उनीहरुले पनि नेपालीजस्तै गरी ‘नो’ भोट गरे । त्यसैगरी पाकिस्तानका नागरिकले पनि उनलाई भोट दिएनन् । यदि भारत, नेपाल, पाकिस्तानको भोट पाउन सकेको भए मोदी अन्तिम आठमा पर्न सक्थे ।
समाचार अनुसार जर्मन चान्सलर एन्गेला मार्केल यसवर्षको टाइम पर्सन अफ दि इयर घोषित भईन् । विश्वका शक्तिशाली व्यक्तित्वहरु मध्येबाट टाइमले बुधबार मार्केललाई पर्सन अफ दि इयर घोषणा गरेको हो । टाइमले मार्केललाई युरोपकै शक्तिशाली नेता पनि छानेको छ ।
चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु कबर अल बग्दादी उपविजेता बनेका छन् । त्यसैगरी अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार बन्ने दौडमा रहेका डोनाल्ड ट्रम्प तेस्रो भएका छन् ।
ainiknepal
0 comments
Write Down Your Responses