सरकारसँगको वार्तामा लचकताका साथ बस्छौँ : अध्यक्ष महतो
काठमाडौं, २३ मंसिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारी पक्षसँगको वार्तामा लचकताका साथ बसेर समस्याको समाधान निकाल्ने बताउनुभएको छ ।नेपालवाणी रेडियो नेटवर्कमा आज (बुधबार) बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै महतोले आन्दोलनका मागलाई वार्ताबाट निकास दिनुपर्ने बताउनुभयो ।
‘हामी वार्ता र सम्वादबाट भागेका छैनौँ’, उहाँले भन्नुभयो, ‘हामी पनि वार्तामा लचकताका साथ जानन्छौँ । सरकारी पक्ष पनि लचकताका साथ आउनुपर्छ ।’
उहाँले सीमाङ्कनका विषयमा भने पूरानै एजेण्डा कायम रहेको बताउनुभयो । राजनीतिक समिति वा अन्य कुनै समिति बनाएर मान्ने पक्षमा आफूहरू नरहेको महतोको भनाइ छ ।
भारतले समस्या समाधानका लागि मध्यस्तकर्ताको भूमिका खेल्नुपर्ने सद्भावना पार्टीका अध्यक्ष महतोको भनाइ छ ।
‘पहिलाको आठ बुँदे गर्न पनि भारतले मध्यस्थता गरेको हो’, उहाँले भन्नुभयो, ‘अहिलेको समस्या समाधानका लागि पनि भारतले मध्यस्थता गर्नुपर्छ ।’
dainiknepal
0 comments
Write Down Your Responses