दुई कार्यक्रममा सहभागी भई स्वदेश फर्किदै मोर्चाका नेता
२३ मंसिर, दिल्ली ।दिल्लीका उच्च पदस्थ व्यक्तिहसँगको भेटघाटपछि आज राती ९ बजे मधेशी मोर्चाका नेताहरु स्वदेश फर्किने भएका छन् । मधेश आन्दोलन र समस्या समाधानबारे दिल्लीमा छलफल र परामर्श गरेपछि उनीहरु आज स्वदेश फर्किन लागेका हुन् ।
स्वदेश फर्किनुपूर्व उनीहरु दुई कार्यक्रममा सहभागी हुने बताइएको छ । स्रोतका अनुसार आज दिउँसो १ बजे, भारतीय जनता पार्टीका महासचिव राम माधवद्वारा आयोजित लन्च छलफलमा सहभागी हुनेछ भने दिउँसो ३ बजे आरएसएसको सहयोगी संस्था अन्तर्राष्ट्रीय सहयोग परिषदद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी जनाइने छ ।
यी दुई कार्यक्रममा सहभागी भएपछि उनीहरु स्वदेश फर्किने बाइएको छ । मोर्चाका नेताहरु स्वदेश फर्किएपछि निर्णायक वार्ता हुने बताइएको छ । nepaliheadlines
0 comments
Write Down Your Responses