हिट एन्ड रन’ मुद्दामा सलमान खान मुक्त
मंसिर २४, २०७२- बम्बै हाइकोर्टले १३ वर्षअघिको ‘हिट एन्ड रन’ मुद्दामा सलमान खानलाई निर्दोष भन्दै मुक्त गरेको छ । १३ वर्षअघि मुम्बईको फुटपाथमा सुतिरहेका मानिसलाई किचेर मारेको अभियोगमा तल्लो अदालतले सलमानलाई दोषी ठम्याउदै ५ वर्ष जेल सजाय सुनाएको थियो ।तर, बिहीबार बम्बै हाइकोर्टले त्यो निर्णयलाई बदर गर्दै सलमानको अपिल मन्जुर गरेको हो । न्यायाधीश ए आर जोशीले सलमानलाई दोषी भन्न मिल्ने प्रर्याप्त प्रमाण नभएको भन्दै उनलाई मुक्त गरेका हुन् ।
kantipur.ekantipur
0 comments
Write Down Your Responses