भारतीय नाकाबाट आयात फेरि प्रभावित
काठमाडौं, मंसिर २२ । भारतसँग सीमा जोडिएका देशका प्रमुख व्यापारिक नाकाहरु मंगलबार (आज) फेरि प्रभावित बनेको छ ।दुई दिनयता केही बढी मात्रामा सामानहरु भित्रिएका नाकाहरुबाट मंगलबार भने न्यून मात्रामा सामान भित्रिरहेको भन्सार कार्यालयहरुले जनाएका छन् ।
भैरहवा–सुनौली नाकाबाट मंगलबार मध्याह्न १२ बजेसम्म १९ ओटा मालबाहक गाडी, ११ ओटा बस र २५ ओटा पीकअप भ्यान नेपाल भित्रिएका छन् ।
यो नाका भएर १२ बजेसम्म कुनैपनि पेट्रोलिय पदार्थका गाडी भित्रिएको छैन ।
यस्तै, पूर्व काँकडभिट्टा–पानीट्यांकी नाकाबाट मंगलबार मध्याह्न १२ बजेसम्म २१ ओटा मालबाहक गाडी प्रवेश गरेका छन् ।
यस्तै, विराटनगर–जोगबनी नाका भएर मंगलबार मध्याह्न ४० ओटा मालबाहक गाडी प्रवेश गरेका छन् । यो नाका भएर पनि इन्धन बोकेका सवारी भित्रिएका छैनन् ।
उता, नेपालगन्ज–रुपैडिहा नाका हुँदै मध्याह्न १२ बजेसम्म ६१ ओटा मालबाहक गाडी र एक ट्यांकर डिजेल नेपाल भित्रिएको छ । imagekhabar
0 comments
Write Down Your Responses