प्रचण्ड प्रयोग गरेर ओलीलाई समाप्त पार्ने मोदी र कांग्रेसको यस्तो योजना
मंगलबार, २२ मंसिरप्रचण्डले कुरा बुझिसकेकाले बुझ पचाएजस्तो गर्दैछन्
काठमाडाैं । संविधानमा जनताको सुझाव संकलन भैरहेकाबेला भारतले पनि सुझाव दिन बोलाएका एमाओवादी अध्यक्ष प्रचण्डलाई फेरि भारत र नेपाली कांग्रेस मिलेर उचाल्ने अनि उनकै सहमतिमा बनेको वर्तमान सरकार ढाल्ने खेल सुरु भएको छ ।
एमाओवादी अध्यक्ष अहिले वर्तमान सरकारको छायाँ प्रधानमन्त्री हुन् । उनको सहमति विना ओली सरकारले कुनै निर्णय गर्न सक्दैन । अनि प्रचण्डको दल एमाओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक घण्टा भित्र यो सरकार ढल्ने पक्का छ । यस कारण पनि भारतीय सरकार खास गरि प्रधानमन्त्री नरेन्द्र मोदी प्रचण्डलाई प्रधानमन्त्रीको कार्य देखाएर वर्तमान सरकार ढाल्ने तयारीमा छन्।
यसको मलजल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मार्फत् थालीएको खुलासा भएको छ । मोदीले असोज २४ गते ओलीलाई हराउनकालागि सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको प्रसंग अझै सेलाएको छैन । यस बीचमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सोमबार बागलुङ पुगेर यो कुराको खुलासा गरिसकेका छन् ।
उनले ओलीलाई प्रधानमन्त्री मानेर बस्नुपर्ने प्रचण्डको बाध्यताले आफुहरुलाई पनि दुःखी बनाएको बताएर यसको संकेत गरेका छन् । अझ रोचक कुरा त दिल्ली दौडाहामा रहेका मधेसवादी दलका अध्यक्षहरुले पनि वर्तमान सरकार, त्यसमा पनि प्रधानमन्त्री ओलीका कारण मधेस समस्या बल्झीएको र आफुहरु बीकल्प दिन एमाओवादी अध्यक्षलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनीहरुको यो भनाइले भारतलाई झनै सहज बनेको छ। भारतले प्रचण्डलाई प्रधानमन्त्री बनाएर कांग्रेसलाई र मधेसवादी दलहरुलाई समर्थन गर्न लगाउने रणनीति लिन खोजेको देखिएको छ ।
तर, प्रचण्ड भने यो कुरा बुझेकाले भारतको कार्डमा आफु नअल्मलीने सुरमा छन् । उनले राप्रपा नेपालमा देखिएका राष्ट्रवाद र क्रान्तिकारिताको धारलाई सँगै लिएर संघीय चुनाव सम्म यो सरकारलाई कायम राख्ने र एमाले–एमाओवादी गठबन्धनलाई दुई तिहाई मत सहित निर्वाचित गराउने तयारीमा लागेका छन् ।
प्रचण्ड पटक पटक कांग्रेस र भारतको कार्डबाट असफल भएको र आफ्ना पार्टीका नेताहरुलाई भारतले दलाल बनाएर पार्टीलाई कमजोर बनाएको उनको विश्लेषण छ ।
nepalsandesh
0 comments
Write Down Your Responses