भारतको सुझावपछि नाकाबन्दी हटाउन मधेसी मोर्चा तयार !
काठमाडौं । भारतीय विदेशसचिव एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा अवरोध हटाएर संवादमार्फत राजनीतिक सहमति खोज्न मधेसी मोर्चाका शीर्ष नेतालाई आग्रह गरेका छन् । मंगलबार बेग्लाबेग्लै भेटवार्तामा दुवैजनाले नेपाल सरकारद्वारा प्रस्तुत तीनबुदे प्रस्तावमा छलफल गरेर समाधान निकाल्न सुझाब दिएका छन् ।
नागरिकता, समानुपातिक प्रतिनिधत्वलगायतका मोर्चाका विषयमा भारत सरकारको सहानुभूति रहेको, तर नेपालमा उत्पन्न मानवीय संकटको अवस्थालाई मोर्चाले पनि मध्यनजर गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
विदेशमन्त्री सुष्मा स्वराजले आइतबार राति मोर्चाका शीर्ष नेतालाई हैदरावाद हाउसमा दिएको डिनरमा तीनबुदे प्रस्तावमा छलफल गरेर तुरुन्तै नाकाबन्दी हटाउन आग्रह गरेकी थिइन् । विदेशसचिव जयशंकर र सुरक्षा सल्लाहकार डोभालले पनि त्यही सन्देश मधेसी नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादवलाई सुनाएका हुन् ।
महन्थ ठाकुरले भारतीय विदेशमन्त्री स्वराजले उपप्रधानमन्त्री कमल थापाको तीनबुदे प्रस्तावको एक प्रति उपलब्ध गराएको र बुधबार काठमाडौं फर्किएपछि सरकारसग वार्ता गर्ने बताए । उनले भारतीय विदेशमन्त्री स्वराजलाई अवस्था हेरेर नाकाबन्दी हटाउने विश्वास दिलाएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses