धर्नामा बसेका मोर्चाका कार्यकर्ता कुटिए, चार जना भाइते
रौतहट । मधेशी मोर्चाका धर्नामा बसेका कार्यकर्ता पिटिएका छन् । रौतहटस्थित नेपाल–भारत सिमाक्षेत्रको मितेरी पुलमा धर्नामा बसेका उनीहरुले धर्नामा बसेर आयात निर्यातमा अवरोध सिर्जना गरेको भन्दै कुटपिट गरिएको हो ।कुटपिटका कारण चार जना आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारीले एउटा मोटरसाइकलमा समेत आगजनि गरेका छन् ।
रौतहटको गौर र भारतको बैरगनिया जोड्ने पुलमा आयात र निर्यात ठप्प पार्न धर्नामा बसेका आन्दोलनकारीको ज्यादती बढेको भन्दै गौरका स्थानीयबासिन्दाले आक्रमण गरेका हुन् ।
गौर नगरपालिका–२ का रोहित साहले विवाहका लागि भारतको बैरगनियाबाट सामान किनेर ल्याउने क्रममा आन्दोलनकारीले मोटरसाइकलको पेट्रोल खन्याएपछि विवाद भएको केहीबेरमा नै स्थानीय आन्दोलनकारीबिरुद्व लागेका हुन् ।
nepalsandes भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses