मधेस आन्दोलनबारे ज्योतिषको नयाँ भविष्यवाणी ! तराईमा जारी समस्या निष्कर्षमा पुग्ने दाबी
काठमाडौं, ७ माघ । तराईमा चार महिनादेखि जारी मधेस आन्दोलनबारे ज्योतिषहरुले नयाँ भविष्यवाणी गरेका छन् ।
विहीबार सूर्य कुम्भ राशी मण्डलमा प्रवेश गरेसँगै ज्योतिषहरुले आन्दोलन र नाकाबन्दीबारे नयाँ भविष्यवाणी गरेका हुन् ।
उनीहरुले सूर्य कुम्भ राशी मण्डलमा प्रवेश गर्दा लाभ प्राप्त हुने बताएका छन् । चर्चित ज्योतिष डा सुनील सिटौलाले आज दिउँसो १२ बजेर ३४ मिनेट पछाडी सूर्य कुम्भ राशी मण्डलमा प्रवेश गरेको बताए । उनले भने- अहिले १२ बजेर ३४ मिनेटमा सूर्य कुम्भ राशी मण्डलमा प्रवेश गरेको छ । नेपाल लाभको स्थान परेको छ । अब लाभै लाभ हुन्छ ।’
उहाँका अनुसार लाभको स्थानमा नेपाल परेकाले तराईमा जारी मधेस आन्दोलन पनि समाधान हुने सम्भावना निकै बढी छ । ‘यो लाभको स्थानले तराईमा जारी समस्या पनि निष्कर्षमा पुग्ने हामीले देखेका छौं । ज्योतिष शास्त्रले यही बोल्छ,’ उनले भने ।
ज्योतिषहरुले यस्तो भविष्यवाणी गरिरहँदा यता प्रमुख दलहरुले माघ ९ गते संविधान संशोधन विधेयक अगाडि बढाउने तयारी गरेका छन् । संशोधन विधेयक पारित हुनेवित्तिकै भारतले नाकाबन्दी खोल्ने भनिसकेको छ ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses