केरामा नयाँ रोग देखियो, कृषि प्राविधिकले पनि पत्ता लगाउन सकेनन्
तिलोत्तमा (रुपन्देही), १० माघ । जिल्लामा केरामा नयाँ रोग देखिएपछि किसान चिन्तामा परेका छन् ।जिल्लाको दयानगर गाविसमा केरामा नयाँ रोग देखा परेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार स्थानीय वसन्त भुषालले लगाएको केरा खेतीमा नयाँ रोग देखा परेपछि पहिचान गर्न केन्द्रीय अनुुसन्धान केन्द्रमा पठाइएको छ ।
‘ग्रान्ड नैनी’ जातको केरामा नयाँ रोग देखिएको हो । जिल्लामा पहिलो पटक पहिचान नभएको रोग भेटिएको हो । केराको नयाँ पालुवा पलाउनै लाग्दा कालो हुने र मर्ने गरेको समस्या देखिएको छ ।
dainiknepal
0 comments
Write Down Your Responses