मोदीलाई मार्न भारत पसे आइएसका मानव बम
काठमाडौं, १० माघ । संसारकै खतरनाक आतंकवादी संगठन इश्लामिक स्टेट (आइएस) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्न मानव बम भारत पठाएको खुलासा भएको छ ।भारतका चर्चित जासुस तथा सुरक्षा एजेन्सीहरुले मोदीलाई उडाउन १२ देखि १५ वर्षका बालकहरुलाई मानव बमका रुपमा आइएसले प्रयोग गर्न लागेको सूचना सार्वजनिक गरेको भारतीय च्यानल आजतकले जनाएको छ ।
मोदीलाई उडाउनकै लागि आइएसले आफ्नो संगठनमा हतियार र विस्फोट चलाउन जान्ने १२ देखि १५ वर्षका किशोरावस्थाका बालकहरुलाई भर्ती गरी भारतमा पठाइसकेको छ । उनीहरु दिल्ली पुगिसकेको आशंका गरिएको छ ।
यो सूचनापछि शुक्रवारबाट दिल्लीका साथै देशभर अलर्ट जारी गरिएको छ । सुरक्षा निकायहरु एसपीजी, एनसीआर पुलिस र जासुसी एजेन्सीलाई उच्च सर्तक अवस्थामा राखिएको छ ।
गएको वर्षको स्वतन्त्रता दिवसमा मोदी लाल किल्लाबाट आफ्नो सुरक्षा दस्तालाई नबताइ बालबालिकासँग हात मिलाउन उनीहरुको बीचमा पुगेका थिए । मोदीको यही बानीको फाइदा उठाउँदै आइएसले उनीमाथि निशाना बनाउनका लागि बालकहरुलाई प्रयोग गर्ने तयारीमा लागेको दाबी गरिएको छ ।
प्रधानमन्त्री मोदीको सुरक्षामा खटिएको स्पेशल प्रोटेक्शन ग्रुप (एसपिजी)ले यो सूचना आएपछि उच्च सतर्क अवस्थामा बसेको छ । यसबारे सुरक्षा अधिकारीहरुले मोदीलाई सुरक्षा घेरा नतोड्न आग्रह गरेका छन् ।
सुरक्षा व्यवस्था कडा
यसैबीच भारतमा यही जनवरी २६ मा आयोजना गरिने गणतन्त्र दिवस विशेष समारोहलाई मध्यनजर गरी सुरक्षा व्यवस्थामा निकै कडाई गरिएको समाचारमा जनाइएको छ ।
हरेक वर्ष भारतमा मनाइने यस गणतन्त्र दिवसको कार्यक्रममा आतङ्ककारी आक्रमण हुनसक्ने भन्दै सुरक्षामा कडाई गर्ने गरिएको हो ।
सोही समारोहलाई लक्ष्यगरी सुरक्षामा कडाई गरिएको भारतीय अधिकारीहरुले जनाएका छन् । सो समारोहमा सहभागी हुन आउने विदेशी व्यक्तित्व एवम् देशका प्रमुख व्यक्तिहरूको सहभागितालाई मध्यनजर गरी विशेष सुरक्षा व्यवस्था अपनाउने गरिन्छ ।
नयाँ दिल्लीलगायत विभिन्न प्रमुख सहरमा राष्ट्रिय अनुसन्धान निकाय, नेसनल इन्भेस्टिगेसन एजेन्सीले देशव्यापी रूपमा सुरक्षाको कडा प्रबन्ध गरेको जनाएको हो ।
देशमा प्रजातान्त्रिक संविधान जारी भएपछि सन् १९५० देखि भारतले गणतन्त्र दिवस मनाउन थालेको हो ।
dainiknepal
0 comments
Write Down Your Responses