जापानी प्रधानमन्त्रीले कामदारका लागि घोषणा गरे नयाँ श्रम नीति
शुक्रबार, ८ माघजापान।जापानी प्रधानमन्त्री सिन्जु आवेले राष्ट्रिय र अन्तराष्ट्रिय चुनौतीहरुलाई सामना गर्न तयार रहेको बताएका छन्।शुक्रवार प्रधानमन्त्री आवेले पछिल्लो समय उत्तर कोरियाको आणविक रणनीति लगायतका विषयहरुलाई विश्वका सात प्रजातान्त्रिक मुलुकहरु संग मिलेर सामना गर्ने बताएका छन्।
वर्तमान समयका कठिनाईहरु र त्यसलाई सामना गर्ने रणनीति बनाउनको लागि जापानमा अन्तराष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो।जापानमा काम गर्ने पार्ट टाईम र फुल टाईम कामदारहरुको लागि बारबार कामको लागि बराबर पैसा भुक्तानी गर्ने नीति अबलम्बन गरिने आवेले बताए।
प्रधानमन्त्री आवेले जापन सरकारले यो नीति केहि समयमा लागू गर्ने र त्यो नीति जापान र जापान बाहिरका सबै कामदारहरुको निम्ति लागू हुने जानकारी दिएका छन्। भविष्यमा विश्वको आर्थिक क्षेत्रमा देखिन सक्ने समस्याहरुलाई निवारण गर्ने उदेश्यले आवेले सो नीति लागू गर्न लागेको बताएका छन्।
सिन्जु आवेले विश्वको अर्थतन्त्र ,आतंकवाद विरुद्दको लडाई र गरिवीको समस्या र एशिया प्याशिफिक क्षेत्रको वर्तमान अवस्था नै अन्तराष्ट्रिय सम्मेलनको मुख्य एजेण्डा हुने बताएका छन्। मे २६ देखि २७ मा आयोजना हुन लागेको सो अन्तराष्ट्रिय सम्मेलनमा आवेले विभिन्न राष्ट्रका प्रमुखहरु संग वार्ता हुने बताईएको छ।
nepalsandesh


0 comments
Write Down Your Responses