सरकाले अनुमति नदिएपनि पुरै सिलिण्डर ग्यास बाड्छौंः घिमिरे
शुक्रबार, ८ माघ
काठमाडौं । ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले आधा सिलिण्डर ग्यास वितरण गर्दा लागत बढेको र उपभोक्तालाई पनि असहज भएकोले पुरा सिलिण्डर वितरणको अनुमति दिन सरकारलाई लिखित आग्रह गरिसकेको जानकारी दिदै सरकारले वास्ता नगरे दुई तीन दिनभित्र पुरै सिलिण्डर वितरण गर्ने बताए ।
उनले भने,‘ पछिल्लो दुई–तीन सातामा मागको ४० प्रतिसत ग्यास आयात भएको छ । आधा सिलिण्डर ग्यास वितरण गर्दा ढुवानी, उत्पादन खर्च बढेको छ । सरकारले त्यो बढेको खर्च दिने हो भने मात्रै हुन्छ नभए हामी पुरा सिलिण्डर वितरण गर्न थाल्छौ । हामीले आन्तरिक रुपमा निर्णय गरिसकेका छौ ।’
घिमिरेले माग र आपूर्तिवीचको खाडल ठूलो हुँदा गलत मान्छेले फाईदा उठाउने सम्भावना बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकार निरिह बनेको र उपभोक्ताहरु पनि सचेत नभएको गुनासो गरे ।
कम ग्यास आएको भन्ने गुनासोमा उनले प्रत्येक डिलरले तराजु राख्नु पर्ने र उपभोक्ताले पनि तौलेर मात्र लिने बानी बसाए त्यसको समस्या हुने दावी गरे ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईले सरकार आफैले बजारमा विकृत ल्याउने र कालाबजारीलाई साथ दिईरहेको भन्दै सरकारले जे उपलब्ध छ त्यसको न्यायोचित वितरण गर्नु पर्ने धारणा राखे । उनले नियमनकारी निकाय असक्षम हुँदा मुलुकमा कालोबजारी बढेको भन्दै अहिलेको अवस्थामा राज्य संयन्त्र नै असफल भएको दावी गरे ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses