भाडा घटाउन नेविसंघको चेतावनी, होइन भने आन्दोलन
काठमाडौं, ६ माघ नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य घटेकाले सवारी साधनको पनि भाडादर घटाउन तत्काल माग गरेको छ ।नेविसंघका प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिने नियमलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको हो ।
नेविसंघले सरकारको निर्णय नकुरेर इमान्दारीका साथ भाडा घटाउन यातायात व्यवसायीलाई आग्रह गर्दै तत्काल भाडादर नघटाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलमा पाँच तथा डिजेल र मट्टितेलमा प्रतिलिटर छका दरले मूल्य घटाएको थियो ।
निगमका डिपोमा थुपारेर राखिएको तेल तत्काल बजारमा वितरण गरेर जनजीवन सहज बनाउन पनि आग्रह गरिएको छ ।
dainiknepal


0 comments
Write Down Your Responses