प्रधानमन्त्री ओलीको बचाउ गर्दै दाहालले उठाए नयाँ सरकार गठनको मुद्दा
पोखरा, माघ ८ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको बचाउ गर्दै नयाँ सरकार गठनको मुद्दालाई फेरि उठाएका छन् । उनले मधेसी मोर्चासँगको वार्तामा प्रधानमन्त्री बाधक नभएको बताए ।
क्रान्तिकारी पत्रकार संघ कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले मधेसका समस्या समाधान गर्न मन्त्रिपरिषद्बाटै निर्णय भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वार्ता विरोधी भन्न नमिल्ने बताएका हुन् ।
उनले संसदमा विचाराधीन रहेको संविधान संशोधन प्रस्ताव पारित भएपछि मधेस आन्दोलनले उठाएका विषय सम्बोधन हुने र त्यसपछि वीरगन्ज नाका पनि सुचारु हुने जानकारी दिए ।
अर्को एक प्रसंगमा अध्यक्ष दाहालले मुलुकका सम्पूर्ण समस्या समाधानका लागि राष्ट्रिय सरकार गठनको आवश्यकता रहेको बताए । एउटा सरकार जाने र अर्को आउँदैमा समस्या समाधान नहुने भन्दै उनले राष्ट्रिय सरकार गठन भए सबै समस्या समाधान हुने बताए ।
दाहालले यसअघि पनि राष्ट्रिय सरकार गठनको खाँचो औंल्याएका थिए ।
imagekhabar
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses