चीनले बाँध बाँधेपछि किमाथांकाबासी चिन्तित
१० माघ, संखुवासभा ।अरुण नदीमा चीनले तिब्बततर्फ बाँध बनाएपछि किमाथांकाबासी चिन्तित बनेका छन् । वर्षातका बेला उर्लिएर आएको बाढी घर छेउछाउ आउने आशंका स्थानीयलाई छ ।
बाँध निर्माणपछि किमाथांकापट्टि नदीले कटान सुरु गरेको छ । नेपाली सीमासँगैको अरुण नदीमा चीनले एक वर्षअघिदेखि एकतर्फी बाँध बनाई सडक निर्माण गरेपछि नदीले नेपाली भूमि कटान गर्न थालेको स्थानीय तेनछेबी भोटेले बताए ।
चागा बजारपट्टि जाली भरेर पर्खाल लगाइएको छ, भोटेले भने, ‘बाँधले नेपाली भूमि कटान गर्न थालेपछि हामीले नेपाली भूमि बचाउन रकम संकलन सुरु गरेका छौँ ।’ ८२ घरधुरी रहेको किमाथांकाका प्रत्येक घरले जेथाअनुसारको रकम संकलन गर्ने तयारी गरेको उनले बताए ।
पुस २४ गते सम्पन्न २४ औँ गाँउ परिषद्बाट समेत पुँजीगत अनुदानको रकम सूचकभन्दा बाहेकको ९ लाख ८७ हजार रुपैयाँ बाँध निर्माणमा विनियोजन गरेका छन् ।
चिनियाँ बाँधले हाम्रो भूमि कटान गर्न थालेको एक वर्ष बढी भयो, उनले भने, ‘पटकपटक यहाँ आएका ६ जना मन्त्रीलाई समेत कुरा राख्यौँ, उनीहरूले चासो दिएनन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।nepaliheadlines.


0 comments
Write Down Your Responses