दक्षिण कोरिया जानेहरुलाई खुसीको खबर
आइतबार, १० माघ
सोल । दक्षिण कोरिया सरकारले मजदुरका लागि नयाँ तलब लागू गरेको छ । कोरिया सरकारले २०१६ का लागि ८.१ प्रतिशतले तलब बढाएको छ ।
यो तलब वृद्धि कम भएको भन्दै मजदुर संगठनले चर्को विरोध गरिरहेकै बेला सरकारले लागू गरेको हो ।
ज्याला न्यूनतम निर्धारण समितिले गत जुलाइको पहिलो साता २०१६ का लागि ८.१ प्रतिशत पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको थियो ।
न्यूनतम ज्याला निर्धारण समितिले गरेको सोही सिफारिसलाई अगस्ट ५ मा सरकारी अनुमोदन पश्चात जनवरी १ देखि लागू भएको छ ।
लागू गरिएको पारिश्रमिकबाट कामदारले प्रतिघन्टा ६ हजार ३० वन प्राप्त गरेका छन् । तर मजदुर युनियनहरुले ७९ प्रतिशत तलब वृद्धिको माग गर्दै प्रतिघन्टा १० हजार वनको माग गरिरहेका छन् ।
वृद्धिसँगै कायम भएको न्यूनतम मासिक तलब १२ लाख ६० हजार दुई सय ७० वन र संसदमा पेश गर्न लागिएको श्रमबजार सुधार विधेयकप्रति गम्भीर आपत्ति राख्दै केसीटीयु विरोध गरिरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
nepalsandesh
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses