बालुवाटारमा प्रमुख तीन दलको बैठकः भाषा मिलाएर आजै संविधान संशोधन गर्ने निर्णय
काठमाडौं, ९ माघ । प्रमुख तीन दलले आन्दोलनरत मधेसवादी दलका माग पुरा गर्न भाषा मिलाएर आजै संविधान संशोधन विधेयक पारित गर्ने निर्णय गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकले बीचको बाटोबाट सबैलाई समेट्ने गरी भाषा मिलाएर संशोधन विधेयक अगाडि बढाउने निर्णय गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– संसदमा चलिरहेको संशोधन विधयेकमा परिमार्जन गरी सबैलाई चित्त बुझाएर बीचको बाटोबाट भाषा मिलाएर आजै पारित गर्ने निर्णय भयो ।’
उहाँका अनुसार भाषा मिलाउन कानुनमन्त्री अग्नी खरेलको संयोजकत्वमा कांग्रेस एमाले र एमाओवादीका सचेतकहरुको बैठक बालुवाटारमा चलिरहेको छ ।
dainiknepal


0 comments
Write Down Your Responses