पाँच बुँदे माग पुरा नभए मोरङमा मारिएकाको शव नबुझ्ने : मधेसी मोर्चा
माघ ९, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पाँच बुँदे माग अघि सार्दे ती माग पुरा नहुन्जेल बिहिबार रंगेली र डायनियामा प्रहरीको गोली लागि मृत्यु भएकाको शव नबुझ्ने बताएको छ ।

मोर्चाले आज बिहान विराटनगरमा पत्रकार सम्मेलन गरि रंगेली र डायनियामा मृत्यु भएका एक महिला सहित ३ जनालाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपुर्ति दिनुपर्ने लगायतका माग अघि सारेका छन् । गत बिहिबार मोरङको रंगेलीमा प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडपमा प्रहरीको गोली लागि रंगेलीमा २ र डायनियामा १ गरि तीनजनाको मृत्यु भएको थियो ।

पत्रकार सम्मेलनमा मोर्चाका मोरङ प्रवक्ता एवं तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष मोहम्द कादिरले सहिद घोषणा, घाइतेको उपचार, क्षतिपुर्ती र सिडिओ तथा प्रहरी प्रमुखलाई कारवाही गर्नुपर्ने माग आफूहरुको रहेको बताए ।

यस्तै युवा संघ नेपालका केन्द्रिय सचिव परशुराम बस्नेतको निर्देशनमा सद्भावना केन्द्रिय सदस्य दिलिप धाडेवामाथि विराटनगरमा सांघातिक आक्रमण भएकाले बस्नेतमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुनुपर्ने मोर्चाको माग रहेको मोर्चाका जिल्ला संयोजक एवं संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यष राजकुमार यादवले जानकारी दिए ।

एमालेको निर्देशन र स्थानिय प्रशासनको प्लानिङका आधारमा रंगेली घटना भएको प्रवक्ता कादिरले आरोप लगाए । उनले भने, ‘एमालेको निर्देशन र सिडिओको डिजाइनमा घटना गराइएको हो, एमाले र प्रशासन दुवै उत्तिकै दोषी छन् ।’ भिड नियन्त्रण गर्ने अन्य कुनै उपाय अबलम्वन नगरि एकाएक गोली चलाएर मार्नुले राज्य मधेसी जनता प्रति चरम दमनमा उत्रेको प्रष्ट भएको मोर्चाका संयोजक यादवले बताए ।

मोर्चाले हिजो एमाओवादी सभासद शिवकुमार मण्डलको संयोजकत्वमा गठित समितीलाई चोरको हातमा साँचोको संज्ञा दिएका छन् । ‘
उही सरकारमा रहेको दल, उसकै गृहमन्त्री, त्यसकै निर्देशनमा गोली चलाइयो अनि त्यसैले कस्तो छानविन गर्ला ?’ संयोजक यादवले भने ।
उनले आफूहरूको रंगेलीमा ७ गते कार्यक्रम बारे पूर्व निर्धारित कार्यक्रम हुँदाहँुदै एमाले र युवा संघले भिडन्त निमत्याउनैकालागि रंगेलीमा कार्यक्रम गरेको बताए ।ekantipur

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses