नेपाली फुटबल खेलाडीको स्वागतमा त्रिभुवन विमानस्थलमा भिड नेपाली फुटबल खेलाडी त्रिभुवन विमानस्थलमा
९ माघ, काठमाडौं । बंगबन्धु गोल्डकप फुटबलको उपाधिसहित स्वदेश फर्किने नेपाली खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समर्थकहरुको उल्लेख्य भिड लागेको छ ।राष्ट्रिय झण्डा र बाजा गाजासहितको टोली विमानस्थलमा नेपाली खेलाडीहरुको प्रतिक्षा गरिरहेको छ ।
राष्ट्रिय झण्डा, फूलमाला र खादा बोकेका समर्थकहरुले नेपाली खेलाडीहरुको स्वागतमा नारा लगाइरहेका छन् । खेलाडीहरुलाई त्रिभुवन विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, नयाँबानेश्वर हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर अभिनन्दन गरिनेछ ।
शुक्रबारको फाइनल भिडन्तमा नेपालले बहराइनलाई ३-० ले हराएको थियो । विजेता खेलाडीहरुलाई एन्फाले जनही ५ लाख र राखेपले जनही २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
-onlinekhabar


0 comments
Write Down Your Responses