अमेरिकामा शताब्दीकै भीषण हिमपात र आँधी/वासिङ्टन ठप्प, ७६ सय उडान रद्द
एजेन्सी : अमेरिकामा यो शताब्दीकै सबैभन्दा भीषण हिमपात र आँधी आएको छ। आँधीबाट सबैभन्दा बढी देशको देशको पूर्वी शहर प्रभावित भएको छ ।हिमपातका कारण वासिङ्गटन ठप्प भएको छ । सडकमा एकदेखि दुई फिट बाक्लो हिउँ जमेको छ । हिउँ जमेपछि मेट्रो र बस सेवा पनि बन्द रहेको छ । आँधीका कारण करिब ७ हजार ६ सय उडान रद्द गरिएको छ ।
सन् १९९२ मा यस्तै आँधी
अमेरिकी मौसम विभागका निर्देशक लुईस युसेलिनीले बताए अनुसार आँधीसँगै भएको हिमपात यो शताब्दीकैा धेरै भएको बताए ।
उनले आफूले अहिलेसम्म यति धेरै हिमपात भएको नदेखेको उल्लेख गरे । वासिङ्गटनमा यसअघि सन् १९९२ मा दुई दिनभित्र ७१ सेमी हिमपात भएको थियो ।
आइतबार पनि अमेरिकामा शनिबारकै जस्तो मौसम खराब हुने जनाउँदै सरकारी अधिकारीले जनतालाई घरबाहिर ननिस्कन भनेको छ ।
अहिले ७३ किलोमिटर प्रतिघनटाको रफ्तारमा हावा चलिरहेको छ । यो क्षेत्रमा सबै स्कुल, कलेज बन् गरिएको छ । केही सरकारी कार्याल पनि बन्द गरिएको छ ।
मानिसलाई बाक्लो हिमपातको चेतावनी दिएर घरबाट बाहिर निकाल्न र ड्राईभिङ गर्न रोक लगाइएको छ ।
टेनेसी, नोर्थ क्यालिफोर्निया, भर्जिनिया, नोर्थ क्यारोलिना, म्यारील्यान्ड, पेनसिलभेनिया र कोलम्बियामा आपातकाल घोषित गरिएको छ ।
पाँचै राज्यका एक हजार शहरमा आपातकाल घोषित गरिसकिएको छ । व्हाइट हाउसले नेशनल मेडल्स अफ साइन्स र नेशनल मेडल्स अफ टेक्नोलोजी एन्ड इनोभेसन सेरेमनीको मिति सारिएको छ ।
यस कार्यक्रममा राष्ट्रपति बराक ओबामा भारतीय मूलका वैज्ञानिक राकेश जैनलाई नेशनल मेडल अफ साइन्सबाट सम्मानित गर्ने तयारीमा थिए ।
बाक्लो आँधीका कारण ओबामाको यात्रा पनि बदल्नुपरेको छ । नेपाली समयानुसार शुक्रवार राति मिशिगनको डेट्रोइट शहरबाट फर्किएपछि एङ्ड्रूज एयरफोर्स बेसबाट व्हाइट हाउस गइरहेका थिए ।
तर आँधीले बाटो रोकिदिएको थियो । अन्त्यमा बाटो नै बदल्नुपरेको हो । शनिबार रातिसम्म ओबामा आफैं घरबाट पनि निस्कन सकेका छैनन् ।
annapurnapost


0 comments
Write Down Your Responses