आज निजी बाइक र स्कुटरलाई पेट्रोल
६ माघ, काठमाडौँ।नेपाल आयल निगमले आज १ देखि ३० लटसम्मका निजी मोटरसाइकल र स्कुटरलाई पेट्रोल बाँड्दैछ ।
तोकिएको पम्पहरूबाट पेट्रोल वितरण गर्ने कार्य बिहान ९ बजेदेखि सुरु भएको निगमले जनाएको छ । तेल प्राप्त गर्न ब्लु–बुक नविकरण हुनुपर्नेछ । निगमले प्रत्येक बाइक र स्कुटरलाई पाँच लिटर पेट्रोल उपलब्ध गराउने छ ।
तोकिएको लट नम्बर अनुसार लाइनमा बसे नबसेको र विक्रि वितरण सम्बन्धमा वाणिज्य विभाग, नेपाल आयल निगम तथा नेपाल प्रहरीबाट अनुगमन गर्ने निगमले जनाएको छ ।nepaliheadlines


0 comments
Write Down Your Responses