गगनको आँखा सभापति बन्नेतिर
६ माघ, काठमाडौं ।

संस्थापन पक्षका नेता तथा कार्यकर्ताको चौतर्फी दबाबपश्चात् कांग्रेसका युवा नेता गगन थापाले सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । थापाको उम्मेदवारीलाई कांग्रेसमा पुराना नेताविरुद्दको विद्रोहको रुमा लिइएको छ ।

तर, उनको उम्मेदवारीले वरिष्ठ नेता शेरबहादुर देउवाभन्दा सुशील कोइराला र रामचन्द्र पौडेललाई सकसमा पार्न सक्ने देखिएको छ । यसअघि सुशील कोइरालाको विशेष सहयोगीको भूमिकामा देखिँदै आएका आमोदप्रसाद उपाध्यायसमेत गगनको पक्षमा उभिएका छन् र उपाध्यायको यस्तो निर्णयले कोइराला पक्षलाई स्तब्ध बनाएको छ ।

गगन थापालाई उनका ससुरासमेत रहेका अर्जुननरसिंह केसीसँग जोडेर हेर्नेहरु गगनको पछिल्लो गतिविधिबाट चकित परेका छन् । गगनको साथ पाएर महामन्त्री बन्ने अपेक्षा गरिएका केसी पनि आफ्नो ज्वाइँको भूमिकाबाट सशंकित बनेको बताइन्छ ।

यद्यपि गगनले अहिलेसम्म तेह्रौं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छैनन् । घटना र विचार साप्ताहिकमा खबर छ ।nepaliheadlines
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses