किन बोल्दैनन् नायक भुवन केसी र राजेश हमाल ?
बिहीबार, ७ माघ
काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, अभिनेता राजेश हमाल र भुवन केसीबीच राम्रो सम्बन्ध छैन ।
त्यही सम्बन्धको निरन्तरता हालै काठमाडौंको पाँचतारे होटल सोल्टीमा आयोजित सिजी कामना फिल्म अवार्डको एक कार्यक्रममा पनि देखियो ।
त्यहाँ थुप्रै फिल्मकर्मीहरु राजेश र भुवन एकआपसमा बोल्लान कि नबोल्लान भन्नेमा जिज्ञासु थिए । फोटो ग्राफरहरु पनि ‘उनीहरु कतिबेला अंकमाल गर्लान र तस्वीर लिइहालौं’ भनेर तयारी अवस्थामा देखिन्थे ।
तर, कार्यक्रमको अन्त्यसम्म उनीहरुले बोल्न त के आँखाको इसारा समेत गरेनन् । कार्यक्रममा उनीहरु एकअर्कालाई पूर्णतः बेवास्ता गर्दैअरुसँग गफिन मस्त देखिए ।
अभिनेता रमेश उप्रेतीसँगको गफमा राजेश मस्त देखिए भने भुवन गौरी मल्ललगायतसँग वाइनको चुस्की लिइरहे । आफ्ना पछाडि रहेका राजेशलाई उनी बेला–बेला व्यंग्य हानिरहेका हुन्थे ।
राजेश भने आफ्ना वरिपरी भएकालाई मतलब नगरी गफमै मस्त देखिन्थे । करिब डेढ घन्टासम्म उनीहरुको यो क्रम जारी रह्यो । तर उनीहरु बोलेनन् ।
भुवन कार्यक्रमबाट एकाएक हराए भने राजेश उप्रेतीसँग डिनर गरेपछि बाहिरिएका थिए । राजेशलाई ‘महानायक’ उपमा दिइएकोमा भुवनले विभिन्न कार्यक्रममा आक्रोश व्यक्त गर्ने गरेका छन् । सायद यही कारणले उनीहरुबीच सम्बन्ध विग्रिएको हो । आजको शुक्रबार साप्ताहिकमा समाचार छ ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses