बङ्गबन्धु कपमा नवयुग उत्कृष्ट खेलाडी घोषित, म्यान अफ दि फाइनल बने विमल
काठमाडौं, ८ माघ । २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टिमका दुई खेलाडीले किर्तिमान कायम गरेका छन् ।

नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ र विमल घर्तीमगरले बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रियस्तरको बङ्गबन्धु गोल्डकप फुटबलमा किर्तिमान कायम गरेका हुन् ।
बङ्गबन्धु गोल्डकपमा नवयुग उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनी प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर घोषित भए । साथै उनी टप स्कोरर समेत बनेका छन् ।
सेमिफाइनलमा माल्दिभ्सविरुद्ध तीन गोल गर्दै हृयाट्रिक गरेका नवयुगले फाइनलमा समेत एक गोल गरेका थिए । प्रतियागितामा उनले कुल चार गोल गर्न सफल भए ।
यसैगरी नेपालका स्ट्राइकर विमल घर्ती मगर म्यान अफ दि फाइनल घोषित भए । फाइनलमा बहराइनविरुद्ध उनले चार मिनेटमै पहिलो गोल गरेका थिए । प्रतियोगिताभरी उनले कुल दुई गोल गर्न सफल भए ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses