पाकिस्तानी राष्ट्रपतिले नेपाललाई नयाँ सन्देश पठाएपछि झस्कीयो भारत
शुक्रबार, ८ माघ
काठमाडौं । भारतले लगातार चार महिनादेखि नाकाबन्दी गरिरहेका बेला पाकिस्तानी राष्ट्रपतिले नेपाल समक्ष नयाँ प्रस्ताव पेश गरेका छन् ।
पाकिस्तानका राष्ट्रपति ममनून हुसेनले नेपालको आर्थिक बिकासकालागि योगदान गर्न आफुहरु तयार रहेको सन्देश पठाएको डेली टाइम्सले जनाएको छ ।
राष्ट्रपति हुसेनले नेपालका लागि नयाँ पाकिस्तानी राजदूत मजहर जावेदमार्फत दुई देश बीचमा आर्थिक सम्बन्ध बलियो बनाउनुपर्ने सन्देश पठाएका हुन् ।
नेपाल र पााकिस्तानको आर्थिक सम्वन्ध मजबुत बनाउन नयाँ क्षेत्रहरुको खोजी गरिनुपर्ने भन्दै उनले आपसि सम्बन्धलाई नयाँ ढंगबाट हेर्नपनि आफुहरु तयार रहेको उल्लेख गरेका छन् । साथै टेक्सटाइल र गार्मेन्ट क्षेत्रको विकासमा दुई देश एक भएर लाग्नुपर्ने उल्लेख गरेका छन् ।
उनले सन्देशमा पाकिस्तान टेक्निकल असिस्टेन्स प्रोग्राम (पीटीएपी) र स्पेसल असिस्टेन्स प्रोग्राम फर साउथ एसिया लाई सदुपयोग गरिनुपर्नेमा पनि जोड दिएको जनाइएको छ । पाकिस्तानले भारतसँगको सम्बन्ध बिग्रीएका बेलामा नेपालमा खेल्न चाहेको भन्दै भारतीय मिडियाले यो विषयको विरोध गरेका छन् ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses