चुरे भावरको राष्ट्रिय भेलालाई भावर सेनाले घेरा हाल्ने, सर्लाहीमा १६ र १७ गते भेला
काठमाडौं, ७ माघ । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आफ्नो राष्ट्रिय कार्यकर्ता भेला माघको दोस्रो साता सर्लाही जिल्लामा गर्ने जनाएको छ ।
चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गरेर राष्ट्रिय कार्यकर्ता भेला माघको १६ र १७ गते सर्लाहीको हरिवनमा गर्ने निर्णय भएको जनाएका हुन् । उनले भेलामा संगठन रहेको सबै जिल्लाबाट प्रतिनिधि आउने बताए । भेलामा करिव पाँच सय प्रतिनिधिको सहभागिता रहनेछ । भेलालाई सुरक्षा दिन भावर सेनाले चारैतिरबाट घेरा हाल्ने अध्यक्ष न्यौपानेले बताए ।
मुलुकको समसामयिक राजनीति, सांगठनिक र जारी आन्दोलनका विषयमा रणनीति बनाउन छलफल गर्ने उदेश्यले चुरे भावरले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।
यसअघि विशेष कारणवस स्थगित भएको सो भेलालाई व्यवस्थित बनाउन चुरे भावरले प्रत्येक जिल्लाबाट चुरे भावर शान्ति सेना सहभागी गराएको विज्ञप्तिमा उल्लेख गरेको छ । भेलाको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष न्यौपानेले बताए ।
चुरे क्षेत्रलाई समेटेर संघीय प्रदेशको सीमाङ्कन बनाउन सरकारसँग भएको ९ बुँदे सम्झौता कार्यान्वयनका लागि चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आन्दोलन गर्दै आएको छ ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses