आत्मघाती हमलामा सातजनाको मृत्यु, मृतक सबै टेलिभिजनकर्मी
काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएको विस्फोटमा कम्तीमा सातजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । विस्फोट एउटा टेलिभिजन च्यानलको मोटरलाई लक्षित रहेको अधिकारीहरुको भनाई छ ।काबुलस्थित रुसी दुतावास नजिकै ‘टोलो’ टेलिभिजन च्यानलको मिनी बसलाई निशाना बनाएर विस्फोट गराइएको थियो । विस्फोटमा सात जनाको मृत्यु हुनका साथै २० जना घाइते भएका छन् ।
सो टेलिभिजनले ट्वीट गर्दै भनेको छ, ‘दुर्भाग्यवस् आज एक आतंकवादी हमलामा हामीले आफ्ना सात कर्मचारी गुमाएका छौं ।’
सो हमलाको जिम्मेवारी तालिवानले लिएको छ । गत सेप्टेम्बरमा कुन्दुजमा भएको हिंसाको समाचार सम्प्रेषण गरेको भन्दै तालिवानले उक्त च्यानललाई कारवाहीको धम्की दिएको थियो । (एजेन्सी)
imagekhabar


0 comments
Write Down Your Responses