प्रधानमन्त्री ओलीको गुनासो–देश बनाउँछु भन्दा मेरो कुरा काट्ने ?
९ माघ, काठमाडौ ।प्रधानमन्त्री केपी ओलीले देश बनाउछु भन्दा आफ्नो कुरा काट्ने निस्किएको भन्दै दुखेसो व्यक्त गरेका छन् । चिप्लेकिराको गतिमा देश अघि बढ्न नसक्ने बताउँदै उनले नेपाललाई अझै पनि पछाडि पार्न सम्बृद्ध हुन नदिने र गरिबै राखिराख्ने नियतबाट मुक्त गरिने बताएका हुन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित ओली वंश अक्षय कोष तथा ओली वंश समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालीको शिर झुक्ने कुनै काम नगर्ने बताए । ‘मान्छे सबै महान हुन्छन् । ठुलो सानो कोही हुदैन । पदमा पुग्नु ठुलो कुरा होइन तर तर त्यसको गरिमा जोगाउनु ठुलो कुरा हो’, उनले भने।
देशलाई आधुनिक बनाउछु, सम्बृद्ध बनाउछु भन्दा बिरोध भएकोप्रति दुःख व्यक्त गर्दै उनले, ‘१०५ बर्षमा ७०० मेघावट बिजुली निस्कियो एक बर्षमा त्यति नै बिजुली निकाल्छु भन्दा मेरो कुरा काट्ने काम भयो । देश अब अगाडी बढ्छ त्यो मरो संकल्प हो । यसलाई म पुरा गर्छु । नब्झ्नेले पछि बुझ्छन् । बुझ पचाएकाहरु पछुताउने छन्’, भने ।nepaliheadlines


0 comments
Write Down Your Responses