संविधान संशोधन विधेयक पास गर्ने पाँच दलको निर्णय
९ माघ, काठमाडौ ।

पाँच महिनाको बीचमा पनि मधेसी मोर्चासंग सहमति हुन नसकेपछि सत्तारुढ चार दल र प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदमा विचाराधिन रहेको संविधान संशोधन विधेयक पास गर्ने निर्णय गरेका छन् । पाँच महिनाको बीचमा ३५ पटक भएको प्रमुख दल र मोर्चाको वार्ता सहमतिमा पुग्न नसकेपछि पाँच दलले संशोधन विधेयक परिमार्जन सहित पास गर्ने निर्णय गरेका हुन ।

पाँच दलको आज प्रधानमन्त्री निवास वालुटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन विधेयक पास गरेर जाने प्रस्ताव राखेका थिए । ओलीको प्रस्तावमा कांग्रेस, एमाओवादी, फोरम लोकतान्त्रिक र राप्रपा नेपालले समर्थन जनाएको थियो ।

बैठकले संशोधनको भाषा परिमार्जन गर्नको लागि कानुन मन्त्री अग्नी प्रसाद सापटोलाई जिम्मेवारी दिएको छ । बैठकपछि कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसी मोर्चाको स्वीकार गर्ने गरी विधयेक पारित गर्ने निर्णय दलहरुले गरेको बताए ।nepaliheadlines
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses