मोर्चा बाहिरिएपछि बसेका प्रमुख दलले गरे फेरि पुरानै निर्णय
काठमाण्डु, ७ माघ– प्रमुख राजनीतिक दलले राजनीतिक गतिरोध अन्त्यका लागि मधेसी मोर्चासँगको शीर्षस्थ तहको वार्तालाई निरन्तरता दिने निर्णय गरेका छन् ।प्रमुख प्रतिपक्षीसहित सत्तारूढ दलबीच बिहीबार भएको वार्ताले शीर्षस्तरको वार्ता जारी राख्दै व्यवस्थापिका–संसद्मा प्रस्तुत भएको संविधान संशोधन विधेयकका आधारमा सहमतिको मिलन बिन्दु पहिल्याउन अधिकतम सहमति गर्ने निर्णय गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज मोर्चासँग भएको वार्तामा सहमति नजुटेपछि पुनः प्रमुख दलको बैठकले सहमतिका लागि वार्ता र संवादलाई निरन्तरता दिने निर्णण गरेका छन् । बैठकमा प्रमुख पाँच दल नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्षस्थ नेताहरुको सहभागिता थियो ।
संशोधनमा परेका विषयलाई सहमति खोज्ने र त्यसको भाषामा समस्या भए कार्यदल र शीर्षस्तरमै बसेर टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।
त्यसअघि मधेसी मोर्चासँग भएको वार्तामा प्रधानमन्त्री जंगिएपछिमोर्चाका नेता वार्ताबाट बाहिरिएका थिए ।
मोर्चा बाहिरिए लगत्तै बसेको प्रमुख दलको बैठकले सहमतिका सबै विकल्पमा छलफल र वार्तालाई अघि बढाउने निर्णय गरेको हो ।
kathmandutoday


0 comments
Write Down Your Responses