रंगेलीमा प्रहरीको गोली लागी महिलाको मृत्यु
विराटनगर, माघ ७ । मोरङको रंगेलीमा आन्दोलनरत् मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच विहीबार भएको झडपमा प्रहरीले चलाएको गोली लागी एकजना महिलाको मृत्यु भएको छ ।मृतकको सनाखत हुन सकेको छैन । शवलाई कोसी अञ्चल अस्पतालमा राखिएको छ ।
युवासंघ नेपालले आयोजना गरेको कार्यक्रम मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने प्रयास गरेपछि झडप भएको हो ।
स्थित नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा ७ जना घाइते भएका छन् । imagekhabar


0 comments
Write Down Your Responses