भारतीय नाकाबन्दी खाेल्ने
बिहीबार, ७ माघ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा रहेको संविधान संशोधन पारित हुनासाथ भारतले जारी राखेको नाकाबन्दी खुल्ने बताएका छन् ।
बुधबार पाँचदलीय बैठकमा प्रधानमन्त्री ओलीले राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संशोधन प्रस्तावको प्रक्रिया अघि बढ्नासाथ नाकाबन्दी खुल्छ। यस विषयमा सहमति भएको छ।’
ओलीले उक्त सहमति कुन स्तरमा र केकस्तो प्रक्रियाबाट भएको हो भन्नेबारे नबताएको स्रोतले उल्लेख गर्‍यो। बैठकमा प्रधानमन्त्री ओलीले जसरी हुन्छ, संशोधन प्रस्तावलाई अधिकतम लचकतासाथ पारित गर्न नेताहरूसँग आग्रह गरेका थिए।
बैठकले संसद्मा रहेको संशोधन प्रस्ताव अघि बढाउन तीनबुँदे सहमति गरेको छ। आन्दोलनरत मधेसी मोर्चा सहमतिमा आए संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने, प्रस्ताव परिमार्जन गर्न संसदीय कार्यदल बनाउने र मधेसी मोर्चा सहमतिमा नआए संविधान संशोधन प्रस्तावमध्ये अधिकतम समावेशी र समानुपातिक प्रस्ताव पास गर्ने पाँच दलको सहमति छ।
एमाओवादी र कांग्रेसबीच संविधान संशोधनका लागि संसद्मा रहेका २४ वटा प्रस्तावमा मोर्चासँगको सहमति र सहकार्यअनुसार परिमार्जन गर्दै अघि बढ्ने सहमति बुधबार बिहान भएको थियो।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसँग बुधबार बिहान भएको भेटमा यस्तो अनौपचारिक सहमति भएको जानकारी स्रोतले दियो।
कांग्रेस उपसभापति पौडेलले भने, ‘प्रधानमन्त्रीको मंगलबारको मधेसप्रतिको प्रस्तुतिबाट सशंकित हुँदै दाहाल र मैले आजै शीर्ष बैठक डाक्न ओलीलाई भनेका थियौं। आन्दोलनरत पक्षसँग संवैधानिक मान्यतामा वार्ता गर्छु भन्ने अडानले मुलुकलाई बरबाद गर्छ भन्ने उदाहरण विगतमा माओवादी र मधेसी दलसँग भएको सहमति नै हो।’
प्रधानमन्त्री ओलीले मंगलबार प्रमुख पाँच दलको बैठकमा मधेसी मोर्चाको माग संविधानसम्मत नभएकाले आफूले स्वीकार्न नसक्ने बताएका थिए।
प्रधानमन्त्रीको मंगलबारको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संसद्मा दर्ता भएका २४ मध्ये मोर्चाको ११ बुँदे मागसँग निकट रहेको प्रस्तावलाई नै पारित गर्नुपर्छ। अाजकाे अन्नपूर्णमा समाचार छ ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses