जनतालाई यसरी ठग्छ आयल निगम, ३९ रुपौयाँमा किनेर ९९ रुपौयाँमा बिक्री
शनिबार, ९ माघकाठमाडौं । सरकारी स्वामित्वको नेपाल आयल निगम (एनओसी)ले उपभोक्तामाथि खुलेआम बह्मलुट मच्चाउँदै आएको पाइएको छ ।
एकपछि अर्को गरी दर्जनौ शीर्षकमा खर्च देखाउने र त्यसले पनि नपुगेर सीमावर्ती बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य सस्तो हुन नहुने भन्ने झुटो प्रचारबाजी गरेर निगम र त्यसको उच्च नेतृत्व वर्षौदेखि उपभोक्ता ठग्न तल्लिन देखिएको पाइएको छ ।
यसरी उपभोक्तामाथि बह्मलुट गरेर आर्जजन गरेको मुलाफालाइ निगमले ऋण तिर्ने नाममा बोनस बाड्ने र अन्य बिभिन्न कार्यमा खर्चिने गरेको तथ्य खुलेको हो ।
एनओसीको तथ्यांकअनुसार रक्सौलमा खरिद गर्ने प्रतिलिटर पेट्रोलको मूल्य ३९ रुपैयाँ ९४ पैसा, डिजेलको ३३ रुपैयाँ ५७ पैसा र मट्टितेलको ३८ रुपैयाँ ८४ पैसा, हवाई इन्धनको ३७ रुपैयाँ ९३ पैसा र एलपी ग्यासको प्रतिसिलिन्डर एक हजार ६३ रुपैयाँ पर्दछ ।
तर, निगमले उपभोक्ताबाट भने प्रतिलिटर पेट्रोलमा ९९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७५ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ एक सय ६४ रुपैयाँ ८८ पैसा र एलपी ग्यास एक हजार चार सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।
सो तथ्याङ अनुसार सनगमले खरिद गर्ने र बित्रिल गर्ने मुल्य बिच दोब्बर भन्दा पनि बढि रहेको देखिन्छ । आजको राजधानीमा समाचार छ
nepalsandesh


0 comments
Write Down Your Responses