अमेरिकामा दशकको ठुलो भीषण हिमआँधी
९ माघ, एजेन्सी।अमेरिका दशककै ठुलो हिमआँधीको चपेटामा परेको खबर छ। शुरुवाती आँधीले अमेरिकाको पूर्वी सहरलाई प्रभावित पारेको छ। अत्याधिक हिउँ पर्नाले राजधानी वासिङ्गटन लगायतको जनजीवन प्रभावित भएको छ।
कतै सडकमा दुई फिटसम्म बरफ जमेको छ भने ६ हजार भन्दा बढी उडान रद्ध गरिएको अन्तराष्ट्रिय मिडिया बताउँछन्।
मिडिया रिपोर्ट अनुसार यो समय अमेरिकामा करिब ७३ किलिमोटर प्रतिघण्टाको हिमआधीँ जारी छ। आँधीको कारण अहिलेसम्म ८ व्यक्तिको ज्यान गएको खबर आएको छ। अमेरिकी मौसम विभागले केही इलाकामा तीन फिटसम्म हिउँ जमेको हुनसक्ने आशंका गरेको छ।
आँधीबाट करिब ५ करोड मानिस प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको अन्तराष्ट्रिय मिडिया बताउँछन्। वाशिंगटनमा आधा शताब्दीकै ठुलो हिउँ जमेको बताइन्छ। वाशिंगटनमा सन् १९२२ मा दुइ दिन भित्र ७१ सेन्टिमिटर हिउँ परेको रेकर्ड छ।
अमेरिकाको टेनेसी, उत्तरी क्यालिफोर्निया, भर्जिनिया, उत्तरी क्यारोलिना, मेरील्याण्ड, पेनसेलभेनिया लगायतका राज्यमा आकस्मिक चेतावनी जारी गरिएको छ। स्कुल बन्द गरिएका छन् भने बस सेवा पूर्ण रुपमा सरकारले रोक लगाएको छ।
सामान आउन नसक्दा भर्जिनिया, मेरील्याण्डका अधिकांस सुपरमार्केटमा सामानको कमी भएको बताइन्छ। सीएनएनको अनुसार करिब १ लाख २० हजार घरमा विजुली सप्लाईमा असर परेको छ।nepaliheadlines


0 comments
Write Down Your Responses