मधेसी र ओलीको सधैँ पौठेजोरी
८ माघ, काठमाडौं ।

ओलीले केसम्म भने ?

२३ पुस ०७१ : ओलीले भने, ‘समथर जमिनजति मेरो भन्छन् मान्छेहरू । समथर त उता पनि छ । अब बिहार, युपीलाई पनि मधेस प्रदेशमा ल्याउने ?’ सोही दिन महतोले ओलीले आफूहरूलाई अपमान गरेको भन्दै भने, ‘हामीले भारतको भू–भागलाई पुनर्संरचना गर्न लागेको त होइन ? यस्तो आपत्तिजनक कुरा किन उठाउनुभयो ? यो हामीलाई ह्युमिलेसन गर्ने काम भयो ।’

६ असोज ०७२ : अंगीकृत नागरिकताको विषयमा ओलीले भने, ‘नेपालमा आएर बस्न पाएकै छ, अंगीकृत नागरिकता पनि दिएकै छ, घरजग्गा किन पैसा कमाऊ भनेकै छ । सांसद, मन्त्री पनि बन्न दिएकै छ ।

अब त्यसले नागरिकता लिएको भोलिपल्टै नेपालको राष्ट्रपति नै बन्न पाउनुपर्ने, प्रधानमन्त्री र मुख्यमन्त्री नै बन्न पाउनुपर्ने किन ?’

६ पुस ०७२ : एमालेको सुनसरी परिषद् उद्घाटनपछि ६ पुसमा ओलीले भने, ‘जोसुकै कराउँदै गरुन्, प्रदेश नम्बर १ बाट कुनै पनि ठाउँ तल–माथि हुने छैन । जनकपुरदेखि परतिरका मान्छेले सुनसरी, मोरङ र झापा मेरो भन्दै छन्, के भन्न खोजेका हुन् ? म बुझ्दिनँ ।’

दिल्लीमा महतोलाई ओलीको फोन



२५ पुस ०७१ : एक वर्षअघि चार दलको बैठकमा आफूमाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै ओलीले माफी माग्नुपर्ने महतोको भनाइ थियो । ‘मलाई अपमान गरेको भए केही फरक पर्ने थिएन, उहाँले बिहार र युपीसाग मधेसमा राख्ने भनेर मधेसी जनताको अपमान गर्नुभयो, त्यसैले मधेसी जनतासँग ओलीले माफी नमागेसम्म एमालेसँग पनि सम्बन्ध सुध्रिँदैन,’ महतोले भनेका थिए ।

त्यसपछि ओली र महतो एउटै बैठकमा भेट भएनन् । महतो मधेस झरे, ओली प्रधानमन्त्री भए । विराटनगर–जोगबनीमा प्रहरीले कुटपिट गर्दा घाइते भएका राजेन्द्र महतो उच्च रक्तचापको समेत उपचार गर्न दिल्ली गएको वेला प्रधानमन्त्री ओलीले मधेसका मागप्रति आफूहरू अनुदार नरहेको भन्दै फोन गरेका थिए ।

महतोले ११ बँुदे माग सम्बोधन गरे मधेसी र ओलीको सम्बन्ध सुध्रिने जवाफ दिएका थिए । माग पूरा नभएसम्म काठमाडौंसमेत नआउने घोषणा गरेका महतो ओलीसाग सहमति भएपछि बालुवाटारसमेत पुगे ।

र, वार्तामा सहभागी भए । एक वर्ष १० दिनपछि ३ माघमा बालुवाटार पुगेका महतोलाई ओलीले सुरुमै ‘आपका सेहत अब कैसा हे ?’ भनेर सोधेका थिए ।

ओली र महतोको पछिल्लो सम्बन्ध

ओलीसँग एक वर्षपछि बालुवाटारमा भएको भेटबारे विभिन्न सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै महतोले भने, ‘उहाँले धेरैबेर मेरै स्वास्थ्यबारे जानकारी लिनुभयो । त्यसपछि हामीबीच राजनीतिक विषयमा कुराकानी भयो । हिन्दी, मैथिली र नेपाली भाषामा कुरा भयो । हामीबीच धेरैपछि भेट भएको, खुलेरै कुरा भयो ।’

महतोले भने, ‘उहाँले धेरै समय डिक्सनरी नै देखाएर मैले बोलेको अर्थ यो हो भनेर खर्चिनुभयो । प्रस्टीकरण दिन खोज्नुभयो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses