मधेसका २२ जिल्लाको एक इन्च जग्गा पहाडमा गाभ्न दिदैनौंः राजेन्द्र महतो
सिरहा, ६ माघ । मधेसी जनताका लागि छरिएर लडिरहेका हरेक शक्तिलाई एक जुट हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले आह्वान गरेका छन् ।
सिरहाको लहानमा आज मधेसी मोर्चाद्धारा आयोजित ९ औं बलिदानी सभालाई सम्बोधन गर्दै नेताहरुले यस्तो आह्वान गरेको हो । छरिएर रहेका मधेसका हरेक शक्ति एक नभएसम्म मधेसको मुक्त अब नहुने धारणा मोर्चाका नेताहरुले राखेका छन् ।
सभाका प्रमुख अतिथि तथा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पनि मधेसका हरेक शक्ति एक हुनुपर्नेमा जोड दिए । उनले भने– राज्य मधेसको माग सम्बोधन नगर्ने प्रष्ट भईसक्यो । त्यसैले अब मधेसका हरेक शक्ति एक हुनुको विकल्प छैन् ।
अध्यक्ष महतोले बार्ता भंगको घोषणा गरिसकेकोले अगामी दिनमा प्रमुख तीन दलका शिर्षस्थ नेताहरुसँग मात्र बार्ता गर्ने पनि बताए । उनले भने– मधेसका २२ जिल्लाको एक इन्च जग्गा पहाडमा गाभ्न दिदैनौं । मधेस प्रदेशमा बस्ने इच्छा नभएका पहाडी समुदाय पहाड फर्के हुन्छ ।
यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले मधेसका हरेक राजनीतिक दलसँग मधेस महागठबन्धन बनाउन आह्वान गरे । उनले भने– काँग्रेस, एमाले, एमाओवादी लगायतका सबै पहाडी राजनीतिक दल विचार र सिद्धान्त छाडेर एक भयो । त्यसैले अब हामी मधेसका हरेक राजनीतिक दल पनि एक हुन आवश्यक छ ।

सभामा यूूवा नेता सत्यनारायण यादब, तमलोपाका केन्द्रिय सदस्य सुरेश मण्डल, तमसपाका केन्द्रिय सदस्य डा. महादेव साह, पूूर्वमन्त्रीद्धय राजलाल यादब र सत्रुधन प्रसाद सिंह लगायतका वक्ताहरुले पनि मधेसवादी सबै दल मिलेर महागठबन्धन बनाउनुपर्नेमा जोड दिएका थिए ।
०६३ सालको पहिलो मधेस आन्दोलनका क्रममा माघ ५ गते लहानमा आन्दोलन गरिरहेका तत्कालिन फोरम र माओवादी कार्यकर्तासँगको झडप भएको थियो । सो झडपमा माओवादीले चलाएको गोली लागेर विद्यार्थी रमेश महतोको मृत्यु भएको सम्झनामा मधेसवादी दलहरुले हरेक बर्ष बलिदानी दिवस मनाउँदै आएका छन् ।
ainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses