शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ जाने राजेन्द्र महतोको चेतावनी
सप्तरी, माघ ८ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसमा जारी शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ उन्मुख हुनसक्ने चेतावनी दिएका छन् ।

सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले मधेस आन्दोलन राष्ट्रिय एकता र अखण्डता मजबुत गर्ने आन्दोलन भएकाले तत्काल माग सम्बोधन हुनुपर्नेमा जोड दिए ।
महतोले तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले अब पनि मधेसी जनताको भावनालाई बेवास्ता गरे देशमा ठूलो दुर्घटना हुने जिकिर गरे ।
मधेसमा जारी पाँच महिना लामो आन्दोलनको माग सम्बोधन नभएकै कारण देशमा कुनै ठूलो दुर्घटना भए त्यसको जिम्मेवार सरकार र ठूला दलहरुले लिनुपर्ने उनको भनाइ थियो । उनले वार्ताको नाममा सरकार आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको भन्दै अब संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने दाबीसमेत गरे ।
बिहीबार साँझ पार्टीका जिल्ला अध्यक्ष सुनिल झाको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो । (रासस)
imagekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses