दिल्लीले दिएपछि दिल
१ भदौ, काठमाडौं‘म चीनबाट फर्कनासाथ प्रचण्डलाई दिल्लीले बोलाएको बोलायै गर्न थाल्यो। उहाँले जाऊँ कि नजाऊँ भनेर सोध्नु पनि भयो। तपाई जाँदा शंका हुन्छ। आफै निर्णय गर्नस् भने। त्यहिबेला देखि उहाँलाई सिंगार पटार गर्न थालेका हुन्। कांग्रेसले त सरकार बदल्न खोज्थ्यो नै, स्वभाविक कुरा हो। तर यहाँ त हाम्रै साथीहरुले कुरा नबुझेजस्तो देखियो। शक्ति र मन्त्री बाँडफाँड कसरी गर्ने? पद हस्तान्तरण कसरी गर्ने भनेर असार २७ गते कमल थापा, विजय गच्छदारसहित राखेर उहाँसंग कुराकानी गरिएको हो। सरकार परिवर्तनको तपाईको मोडालिटी के हो ल्याउनुहोस् पनि भनेकै हो। जवाफमा साथीहरुसंग सल्लाह गरेर भोलि भन्छु भनेको मान्छे रातारात फेरिनु भो, यसमा मेरो के लाग्छ?’ आइतबार एमाले स्थायी समिति बैठकमा अध्यक्ष केपी ओलीले गरेको ब्रिफिङ हो यो।
‘भारतसामु दह्रो अडान राखेको, चीनसंग सम्झौता गरेकोमा मैले राम्रो मान्दै महेन्द्रपछिको राष्ट्रवादी भनेकै हुँ। सरकार जोगाउने काम गरेकै हुँ। तर, धन्यवादको एक शब्द पनि पोख्नुभएन। प्रतिवेदनमा केही उल्लेख गर्नुभएन। तैपनि, यसमा मेरो गुनासो छैन। तर यदि भन्नुभएको भए सि जिनपिङ आउञ्जेसम्म तपाइको सरकार जोगाइदिने थिएँ। प्रचण्डसंग मेरो संगत राम्रो हुनुको मतलब म तपाईलाई हटाएर उनलाई प्रधानमन्त्री बनाउनतिर लाग्नु हो? ममाथि यस्तो घटिया आरोप लगाउने अपराधीहरु तपाई वरपर छन्। प्रचण्डलाई नर्कतिर नजाजू भनेर फेर्काउने मान्छे म हुँ। तर, तपाईले त सारा पृथ्वी एक्लै थामेको छु जस्तो गर्नुहुन्छ।’ बामदेवले बैठकमा यसरी तीतो पोखे। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।nepaliheadlines
0 comments
Write Down Your Responses