महरा नफर्किँदै माधव नेपाल चीन गएः ओलीले नजानुस् भन्दा ठाडै अस्वीकार
महरा नफर्किदै माधव नेपाल चीन तिर ! ओलीले नजान आग्रह गर्दा मानेनन् !

सरकारको विशेष दुतको रुपमा चीन भ्रमणमा रहेका उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरा चीनबाट नफर्किदै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनि चीन प्रस्थान गरेकाछन् । पार्टी स्थायी समितिको बैठक छोडेर नेता नेपाल विहिवार राती चीन प्रस्थान गरेका हुन् ।

एकाविहानै प्रचण्डको उद्घोष, सिंहदरवारमै बसेर

स्थायी समितिको बैठक छोडेर चीन नजान पार्टी अध्यक्ष केपी ओलीले आग्रह गरेपनि निर्धारित कार्यक्रम भएको रद्द गर्न नमिल्दै नेपाल चीन गएको एमालेका एक स्थायी समिति सदस्यले बताए । सरकार परिवर्तन निक भयो र कसरी अगाडि बढ्ने भन्ने बारेमा विगत पाँच दिनदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा एमालेको स्थायी समितिको बैठक जारी रहेको छ ।

नेता नेपालले अध्यक्ष ओलीलाई सरकार परिवर्तन हुनुनको पछाडि ओली नै मुख्य जिम्मेवार रहेको बताउदै आएका छन् । नेपालले तीन बुँदे सहमति पालना गरेको भए अहिले प्रतिपक्ष दलको भूमिका भन्दा सरकारमा रहेर एमाले नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वय गरेर देशको समृद्धि अगाडि बढाउन सकिने बताउदै आएका छन् ।

हरेक दिन नयाँ काम, प्रचण्ड सरकार ‘हार्ड एण्ड फास्ट’ लक्ष्यमा

सरकार परिवर्तनपछि अध्यक्ष ओलीको स्थायी समिति सदस्यहरुले चर्को आलोचना गर्दै आएका छन् । ओलीले माओवादीसँग गत वैशाख २३ गते भएको तीन बुँदे सहमति पालना नगरेको भन्दै माओवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कांग्रेसको साथ लिएर नयाँ सरकार गठन गरेको छ । सरकार गठन भएको १५ दिन भन्दा बढी भइसक्दा समेत एमालेले भने सरकार किन परिवर्तन भयो भन्ने बहस चलिरहेको छ ।

ओलीलाई ठोक्ने माधव नेपाल रणनीति !

माधव नेपाल पक्षका नेताहरुले बैठक बस्यो कि ओलीलाई ठोक्ने रणनीति लिएका छन् । प्रसंग हो, साउन ३१ गते धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटिको बैठकको । बैठक प्रारम्भ हुने बित्तिकै केपी ओलीले नेपाल पक्षका नेतालाई बोल्न दिए । नेपाल पक्षले सल्लाहअनुसार नै ओलीलाई पूर्ण रुपमा ठोक्ने लक्ष्य निर्धारण गरेका थिए । नेपाल पक्षले अर्याल होटल बानेश्वरमा बसेर आवश्यक नीति तथा योजना बनाएका थिए । सोही योजनाअनुसार नै स्थायी कमिटिको बैठकमा सबैभन्दा पहिले माधव नेपालले धारणा राखे ।

एउटा खाडलः जहाँबाट वर्षेनी निस्किन्छ २ खर्व ८० करोडको हिरा

उनले भने– ‘केही मान्छेहरुले मुलुकलाई उखान टुक्कामय बनाए, हावादारी सपना बाँडे, आफूले मात्रै सबै गरेको अरुले केही नगरेको समेत भन्न भ्याए । इतिहासमा सफल प्रधानमन्त्रीको नाम लिदा मेरो नाम पनि लिइन्छ, झलनाथ जीको नाममा पनि राष्ट्रवादको छाप लागेकै छ । तर केही मान्छेहरु आफूलाई पूर्ण रुपमा आफूमात्रै पूर्ण भएको गफ लगाएर हिँडेको पनि देखिएको छ ।’

अलिक फरक रुपमा प्रस्तुत भएका नेपालले बुँदागत रुपमा ओली विरुद्ध प्रहार मात्रै गरेरनन् उखानका आधारमा चल्ने भए गठबन्धन किन नजोगाएको, प्रधानमन्त्री बनिरहन त सरकारमा सहभागी भएका अन्य दलको पनि भावना बुझ्नपर्ने थियो होला नी । सत्य निरुपण तथा मेलमिलापमा काँग्रेसका मान्छे प्रमुख छन् । सरोकार भएको पक्ष माओवादी छ, समन्वय गरेको भए राम्रै काम हुन्थ्यो, त्यसो किन नगरेको ?

बैठकमा कड्किँदै माधव नेपालले भनेका थिए, “माओवादीको एजेण्डा पनि बोक्न नहुने, उसलाई मिलाएर पनि लैजान नसक्ने जुन हुतीहार प्रवृत्ति नेतृत्वमा देखियो, त्यसैका कारण यो अराजकता सतहमा आएको हो । माओवादीलाई दोष नदिउ उ परक पार्टी हो, ऊ एमालेको भातृ संगठन होइन, तर गठबन्धन तोडिहाल्ने पक्षमा माओवादी थिएन, मैले पनि पटक पटक माओवादीका नेतासँग सम्वाद गरेको छु । उनीहरु गठबन्धनलाई थप बलियो बनाउने पक्षमा नै थिए ।”

यो पृष्ठभूमिमा माधव नेपालको चीन यात्रालाई अर्थपूर्ण मानिएको छ । त्यसमाथि सरकारका विशेष दुत बनेर चीनमा रहेका अर्थमन्त्री कृष्णबहादुर महरा नफर्किँदै माधव नेपालको यात्रा संयोग मात्र नभएको कतिपयको बुझाइ छ ।
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses