निधीले गरेको रात्री भोजमा को को आए ! यस्तो छ दिल्ली संकेत
३ भदौ, नयाँ दिल्ली।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतको रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले आज देखि उच्चस्तरीय भेटवार्ता शुरु गर्दैछन् ।



हाइ कन्फिडेन्सका साथ नयाँ दिल्ली पुगेका विशेष दुत निधीले हिँजो नै दिल्लीस्थित नेपाली दुताबासमा रात्रिभोजको आयोजना गरने निर्देशन दिएका थिए । रात्रीभोजमा भारतका विभिन्न पार्टीका नेता तथा पूर्व राजदुत एवं बरिष्ठ कुटनीतिज्ञहरुको उपस्थिति थियो ।


निधी जाने दिन नै दिल्लीस्थित नेपाली दूताबासले आयोजना गरेको रात्री भोजमा काँग्रेस आईका नेता करण सिंह, सत्तारुढ भाारतीय जनता पार्टीका नेता तरुण विजय, राष्ट्रवादी काँग्रेसका महासचिव डिपी त्रिपाठी र समाजवादी नेता सुरेन्द्र भदौरिया लगायत उपस्थित थिए । त्यस्तै भारतका पूर्व विदेश सचिव श्याम शरण, नेपालका लागि

पूर्वराजदूतहरु केभी राजन, शिव शंखर मुखर्जी, राकेश सुद, जयन्तप्रसाद र नेपालका लागि भारतका बाहलवाला राजदूत रन्जित रे सम्मका अधिकारिहरु रात्रि भोजमा उपस्थित थिए । निधीको उपस्थितिमा आयोजित रात्रि भोजमा देखिएको अभूतपूर्व उपस्थितिले भारतमा उनको भ्रमणलाई उच्च महत्व दिएको देखिएको छ । यस अघि भारतका यो स्तरका बरिष्ठ अधिकारीहरु दुताबासको रात्रि भोजमा नआएको समेत एक सहभागीले बताए । “यस अघि बरिष्ठहरुको यति ठूलो जमघट कहिल्यै देखिएको थिएन” उनले भने ।

साढे १० बजे सम्म चलेको रात्री भोजमा देखिएको माहौलले भारत प्रचण्ड सरकारसँग साँच्चिकै अगाडी बढेर सहकार्य गर्न चाहेको छ भन्ने झल्किएको त्यहाँ उपस्थित एक नेपाली अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । केही समय यता नेपालमा बढेको भारत विरोधी भावना न्यूनिकरण गर्दै नेपाल सरकारलाई सहयोग गर्नु पर्नेमा भारतीय नेता देखि कुटनीतिज्ञहरु सम्म सहमत देखिएका कारण यस्तो संकेत देखिएको उनको भनाइ छ ।

राष्ट्रपतिको भ्रमणका लागि भारतले राख्यो शर्त

दिल्ली पुगेको २४ घण्टापछि निधिले आज साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गरेर नेपाल भ्रमणको निम्तो पनि दिनेछन् । शुक्रबार साँझ राष्ट्रपति भवनमा हुने भेटमा निधिले मुखर्जीलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिने कार्यक्रम समेत रहेको छ । संविधान जारी भएको वार्षिकोत्सवको अवसरमा असोज ३ मा आयोजना गरिने विशेष कार्यक्रममा मुखर्जीलाई प्रमुख अतिथिको रुपमा सहभागि हुन सरकारका तर्फवाट निम्ता दिन लागिएको परराष्ट मन्त्रालयले जनाएको छ ।



उपप्रधानमन्त्री निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँगपनि आजै भेटदैछन । उनीसँग दिउसो हुने भेटमा नेपाल भारत सम्वन्ध लगायतका विषयमा छलफल हुने बताइएको छ । निधिले शनिबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । उपप्रधानमन्त्री निधि नेपाल सरकारको विशेष दुतका रुपमा बिहीबार नयाँदिल्ली पुगेका हुन् ।



अर्चना पनेरुको नाममा स्ट्याटस राख्दा दीपकले खाए गाली

प्रचण्डले मधेश मुद्धालाई प्राथमिकतामा राखेको भन्दै भारत खुसी रहेको बताइन्छ । यसपटक पहिलो विदेश भ्रमण भारत जाने तयारी गरेका प्रचण्डले भारतीय राष्ट्रपतिलाई संविधान जारी भएको वार्षिकोत्सवमा अतिथि बनाउन चाहेको बताइएको छ । त्यसैगरी उनले यस अघि रोकिएको राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण पनि छिट्टै गराउन चाहेका छन् । प्रचण्डका विशेष दुत भारत जानु अघि भारतीय विदेशमन्त्रालयले प्रचण्ड सरकारसँग नजिक रहेर सहकार्य गर्न चाहेको भन्दै पठाएको सन्देशले प्रचण्डका विशेष दुत निधीको मिसन सफल हुने देखिएको विश्लेषकहरुले बताएका छन् ।nepaliheadlines
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses