नयाँ शक्तिलाई राजनीतिक दलको मान्यता
काठमाडौँ, ८ भदौ । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीलाई राजनीतिक दलको मान्यता दिएको छ । दल दर्ताका लागि आयोगमा परेको निवेदनमाथि छलफल भई उक्त
पार्टीलाई राजनीतिक दलको मान्यता दिइएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले सो पार्टीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ तथा अन्य प्रचलित कानुनबमोजिम आयोगमा बुझाउनुपर्ने विवरण तोकिएकै म्यादभित्र बुझाउन पनि अनुरोध गरेको छ । रासस dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses