कांग्रेसबाट देउवाले सिफारिस गरे ९ जना मन्त्री, को-को परे ?
काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसले पार्टीका तर्फबाट जान बाँकी ९ जना नेताहरूको नाम मन्त्रीका लागि सिफारिस गरेको छ । सभापति शेरबहादुर देउवाले अर्जुननरसिंह केसी, बालकृष्ण खाँड, डा. प्रकाशशरण महत र जीवनबहादुर शाहीलाई मन्त्रीमा सिफारिस गरेको स्रोतले जनाएको छ ।
यी चार जना देउवा निकटका मानिन्छन् । केसीलाई शिक्षा, खाँडलाई रक्षा, डा. महतलाई परराष्ट्र र शाहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, बलबहादुर केसी र दीपक गिरीलाई मन्त्री बनाउन सिफारिस गरेका छन् । कोषाध्यक्ष यादव र जोशी मन्त्री हुने निश्चित भएपनि केसी र गिरीमध्ये कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने टुंगोमा देउवा पुगेका छैनन् । कोषाध्यक्ष यादव र जोशीमध्ये एकलाई शान्ति तथा पुनर्निर्माण र ढुंगानालाई सामान्य प्रशासन मन्त्रालय दिने तयारी भएको बुढानिलकण्ठ स्रोतले बतायो । नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा केन्द्रीय सदस्य गगन थापा मन्त्री हुने पक्का छ । थापालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । प्रभावशाली नेता खुमबहादुर खड्काको सिफारिस शंकर भण्डारीलाई भएपनि उनलाई आजै सपथ खुवाउने वा नखुवाउने भन्ने निश्चित भएको छैन् । dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses