म्यानमारमा पनि शक्तिशाली भूकम्प, काठमाडौंसम्म हल्लायो
काठमाडौं, भदौ ८ । म्यानमारमा बुधबार शक्तिशाली भूकम्प गएको छ ।

नेपाली समयअनुसार बुधबार दिउँसो ४ बजेर १९ मिनेटमा म्यानमार केन्द्रबिन्दू भएर ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।

त्यसको धक्का बंगलादेश, भारतका विभिन्न स्थान हुँदै काठमाडौंसम्म महसुस गरिएको छ ।

भूकम्पबाट भएको कुनैपनि क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।

बुधबारै बिहान इटालीमा ६.२ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

imagekhabar
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses