आङकाजी शेर्पा २० हजार धरौटीमा रिहा
२८ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । आदेश लगतै तोकिएको धरौटी बुझाएर रिहा भएका छन् ।

फेसबुक स्टाटसलाई लिएर शेर्पालाई प्रहरीले भदौ १६ गते बौद्धबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध साइबर क्राइममा मुद्दा चलाइएको थियो । न्यायाधीश शिशिराज ढकालको इजलासले शेर्पालाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  www.onlinekhabar.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses