नयाँ संविधानको घोषणा असोज ३ गते पाँच बजे, राष्ट्रपतिलाई आजै निम्ता
काठमाडौं : नयाँ संविधानको घोषणा असोज ३ गते अपरान्ह पाँच बजे हुने भएको छ। संविधान घोषणाको दिन र समय निर्धारण गरेपछि घोषणा समारोहमा सहभागी हुनका लागि निम्ता दिन आजै बेलुका सात बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महासचिव मनोहर भट्टराई शितलनिवास जाँदैछन् ।संविधानसभा भवन नयाँ बानेश्वरमा विशेष राष्ट्रिय समारोह गरेर संविधान घोषणा गर्ने तयारी छ। संविधान घोषणा समारोहको व्यवस्थापनका लागि आन्तरिक गृहकार्य तथा तयारी संविधानसभा सचिवालयले सुरु गरिसकेको छ । विशिष्ट पाहुनाहरुलाई निमन्त्रणा गर्ने क्रम सुरु भइसकेको छ । त्यसदिन सार्वजनिक विदा दिएर घरघरमा दिपावली मनाउने निर्णय सरकारले गर्दैछ ।
नयाँ संविधानको विधेयकमाथिको मतदानको प्रक्रिया सकाएपछि असोज ३ गते संविधान जारी र घोषणा हुनेछ । अहिले संविधानसभामा संविधानका धाराहरुमाथि मतदान भइरहेको छ।
annapurnapost.com


0 comments
Write Down Your Responses