मलेसियामा लुटेराबाट नेपाली सुरक्षागार्डको हत्या
तरबारले काट्दा अर्का नेपाली गम्भीर घाइतेमलेसिया : मलेसियामा रोजगारीमा रहेका एक नेपाली युवाको त्यहाँस्थित लुटेर समूहले हत्या गरेको छ ।
मलेसियाको सन्वे स्थित सासा सेक्युरिटी कम्पनीमा सुरक्षा गार्डको काम गर्दै आएका जुम्लाका हरि महताराको शुक्रबार हत्या भएको हो ।
स्थानीय लुटेराहरूको समुहले लुटपाट गर्ने क्रममा तरबारले काटेर महतराको ज्यान लिएका हुन् ।
सेप्टेम्बर ७ मा कोठाबाट ड्युटीमा हिँडेका महतारालार्इ लुटेरा समूहले तरबारले काटेर हत्या गरेको नेपाली दूतावास मलेसियाले पनि पुष्टि गरेको छ ।
दूतावासका द्वितिय सचिव उत्तम शाहीले हरिको स्थानीय लुटेरा समुहको अाक्रमणमा ज्यान गएको बताए ।
मृतकको शव अस्पतालमै राखिएको छ । शव पोस्टमार्टमपछि नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाएको छ ।
हरिसँगै लुटेराको आक्रमणमा परी अर्को एक सेक्युरिटी कम्पनीमा कार्यरत मोरङका पेोडेल थरका नेपाली पनि घाइते भएका छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपाचार भइरहेको छ । घाइते भएका ती नेपालीको नाम खुल्न सकेको छैन ।
मलेसियामा लुटेराले तरबारले काट्दा गम्भीर घाइते मोरङका युवा । तस्बिर : अन्नपूर्ण
annapurnapost.com


0 comments
Write Down Your Responses