मधेसी मोर्चाका कार्यकर्ताबाट असई निर्घात कुटिए
एम्बुलेन्समै धावा बोलेर हत्या गर्ने प्रयास
जनकपुरधाम : महोत्तरी सदरमुकाम जलेश्वरमा मधेसी मोर्चाका प्रर्दशनकारीहरुले नेपाल प्रहरीका एकजना असईलाई निर्घात कुटपिट गरेका छन् ।

स्थानीय शंकर चौकमा सादा पोसाकमा रहेका असई थमनबहादुर विकलाई कर्फ्यू खुकुलो भएको मौकामा प्रर्दशनकारीहरुले समातेर निर्घात कुटपिट गर्दा उनी गम्भीर घाइते भएका छन् ।

विकलाई टाउकोमा बढी प्रहार गरिएको छ । उनलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा भर्ना गरिएपनि उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाउने प्रयास भइरहेको छ ।

तर, प्रर्दशनकारीहरुले एम्बुलेन्समा घाइते प्रहरी रहेको थाहा पाएपछि गाडीमाथि ढुंगामुढा गर्दै मार्ने प्रयास गरेको महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले जानकारी गराए ।

एम्बुलेन्स चालकले तीव्र गतिमा गाडी भगाएपछि प्रर्दशनकारीहरु मोटरसाइकलमा चढेर एम्बुलेन्सको पछि लागेको प्रहरीले जनाएको छ ।

घाइते प्रहरी बोकेको एम्बुलेन्सको अवस्था खुल्न नसकेकोे उपरीक्षक राणाले बताएका छन् ।

जलेश्वरबाट जनकपुर आउने बाटोमा प्रहरी भ्यान पठाएर घाइते प्रहरीको अवस्था बुझ्ने प्रयास भइरहेको राणाले बताए ।

जलेश्वरमा विहान केही बेर कर्फ्यू खुकुलो बनाइए पनि प्रहरीलाई प्रर्दशनकारीले कुटपिट गरी घाइते बनाएपछि पुनःकफेर्यू लगाइएको छ ।

यता प्रदर्शनकारीहरुले कफर््यू तोड्ने प्रयास गर्दा ठाउँ ठाउँमा झडप भएको छ ।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses