आन्दोलनकारीको कुटाइबाट महोत्तरीमा प्रहरी हवल्दारको टाउको फुट्यो
महोत्तरी, २५ भदौँ । आन्दोलनकारीले महोत्तरीमा सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गर्दा टाउको फुटेको छ ।

सादा पोशाकमा हिडिरेका सशस्त्रका हवल्दार थमनबहादुर विकमाथि जलेश्वर नगरपालिका शंकर चोकमा आन्दोलनकारीले कुटपिट गरेका हुन् ।

सादा पोशाकमा कार्यालयको काम लिएर बाहिर निस्किएका हवल्दारमाथि आन्दोलनकारीले कुटपिट गर्दा हवल्दार विकको टाउको र शरीरका अन्य भागमा चोट लागेको छ ।

हवल्दारको जिल्ला अस्पताल महोत्तरीमा उपचार भइरहेको छ भने उनीमाथि कुटपिट गर्ने आन्दोलनकारीको खोजी भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
www.etajakhabar.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses