आजपनि दिनभर बल्यो मधेस : कहाँ के भयो ?
काठमाडौं । आफ्ना मागहरु पूरा गराउन पूर्वी मधेसमा आन्दोलन गरी रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाकोको बुधबारदेखिको आन्दोलनले हिंसात्मक मोड लिँदै जाँदा आन्दोलनका क्रममा मारिने र घाइते हुनेको संख्यामा वृद्धि भएको छ भने मधेसको जनजिवन झनै जटिल बन्न पुगेको छ ।

सरकारले वार्ताका लागि पठाएको लिखित पत्रले मात्र नपुग्ने भन्दै मधेसी मोर्चाको भैरहवामा बसेको बैठकले मधेसबाट सेना फिर्ता गर्नु पर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च राज्यले व्यहोर्नु पर्ने तथा विगतमा भएको ८ बुँदे सहमति लागु गर्नु पर्ने लगायतका सर्त अघी सारेको छ ।

प्रमुख तीन राजनीतिक दल तथा मधेसी मोर्चाका नेताबीच वार्ताकाे प्रयास भैरहँदा पूर्वि मधेसका विभिन्न जिल्लामा भने झडप तथा तनाब भई रहे ।

जनकपुर– मधेसी मोर्चाको आन्दोलन र प्रदर्शनका क्रममा आज बिहान करिब ९ बजे जनकपुरको भानु चोकमा सशस्त्र प्रहरीका एसपी रविन्द्र ठाकुरलाई लक्षित गरी पेट्रोल बम प्रहार भयो ।

यस अघी मोर्चा सम्बद्ध कार्यकर्ताहरुले जनकपुरकै जानकीचोकमा सत्ताधारी दल कांग्रेस–एमालेका स्थानिय नेताहरुलाई जानकी चोकमा चिया पिउन निषेध गर्दै नेपाली कांग्रेसका धनुषा जिल्ला सचिव कोमलकान्त झासहित एमालेका स्थानिय नेताहरुलाई लखेटे ।

एसपी माथि पेट्रोल बम प्रहर तथा कांग्रेस–एमालेका स्थानिय नेता कार्यकर्ताहरु लखेटिएपछि जनकपुरको सुरक्षा व्यवस्था कडा ।

सुनसरी– सुनसरीमा एकाबिहानै मोर्चा सम्बद्ध कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै दुईवटा गाडीमा आगजनी । सयौँको संख्यामा रहेका बन्दकर्ताहरुले आगजनी तथा तोडफोड गरेको प्रहरीको भनाई । आगलागीबाट दुबै गाडी पूर्णरुपमा क्षति ।

भैरहवा– वार्ताको वातावरण नबनेसम्म आन्दोलन जारी रहने मधेसी मोर्चाको घोषणा । आफूहरु वार्ताका लागी तयार रहे पनि सरकारले वार्ताको वतावरण बनाउन नसकेको बैठकको ठहर ।

भैरहवाको रेडसन होटलमा बसेको मोर्चाको बैठकमा सहभागी हुन मोर्चाका चारै नेताहरु भैरहवामा । सरकार वार्ताको वातावरण बनाउन गम्भिर नभएको ठहर ।

वार्ताको वातावरण बनाउन मधेसमा सेना परिचालनको निर्णय फिर्ता लिनुपर्ने, विगतमा गरिएको ८ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारखर्च राज्यले व्यहोर्नु पर्ने मोर्चाको पूर्व सर्त

कैलाली– टिकापुर घटनाको अनुसन्धानका लागि भन्दै थारुहट संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरी प्रहरीद्वारा गिरफ्तार ।
चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागार्इद्वारा जानकारी ।

कैलाली घटनाका क्रममा हालसम्म २० जना पक्राउ परेको प्रजिअ चापागाईद्वारा पुष्टी । यस अघी प्रहरीद्वारा बुधबार मात्र भैरहवाबाट फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारु पक्राउ परेका थिए ।

महोत्तरी– जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाको शान्ति सुरक्षाको बिग्रिएको ठहर गर्दै नेपाली सेनाको सहयोग लिँदै सेनालाई सडकमा ल्याउने निर्णय ।

जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरे बमोजिम सेनासँग सहयोग लिँदै सेनालाई सडकमा उतार्ने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले जनाए ।

बुधबार प्रदर्शनका क्रममा प्रहरीको गोली लागि चार जनाको मृत्यु भएपछि आक्रोशित समूहद्वारा महोत्तरीको चार प्रहरी चौकीमा आगजनी गरेका थिए । त्यसपछि लागेको निषेधाज्ञा अर्को आदेश नभएसम्ममा लागि जारी ।
khabardabali भिडियो हेर्न तलको बाकस थिच्नुहोस
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses